लाभांश वित्तरणको कडाइ हट्यो – Nepal Press

लाभांश वित्तरणको कडाइ हट्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले नगद लाभांशमा गरेको कडाइ खारेज गरेको छ । बैंकले दुई वर्षदेखि नगद लाभांशमा कडाइ गर्दै आएको थियो ।

राष्ट्र बैंकले नगद लाभांशलाई कडाइ गर्न खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश दिन पाउने व्यवस्था गरेको थियो । यसमा पनि मसान्तको दिन कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको थियो ।

यसबाहेक वितरणयोग्य नाफा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएमा कर प्रयोजन बाहेक नगद बाँड्नै नपाइने व्यवस्थासमेत गरेको थियो । अब यी सबै व्यवस्था खारेज भएका हुन् । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै नगद लाभांशमा गरेको कडाइ खारेज गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *