मूल्य घटेर आउँदासमेत पुरानै दर रहेको भन्दै आयल निगममा अनेरास्ववियुको विरोध (भिडिओ) – Nepal Press

मूल्य घटेर आउँदासमेत पुरानै दर रहेको भन्दै आयल निगममा अनेरास्ववियुको विरोध (भिडिओ)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले आयल निगममा विरोध प्रदर्शन गरेको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दासम्म नेपालमा पुरानै दर कायम रहेको भन्दै अनेरास्ववियु वागमती प्रदेश उपत्यका विशेष कमिटीले निगममा ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

अनेरास्ववियुले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले मूल्यवृद्धि फिर्ता गर, स्वचालित मूल्य प्रणाली कायम गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उपत्यका विशेष कमिटीका अध्यक्ष पंकज भण्डारीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुलगायतको मूल्यवृद्धि भएको हुँदा अहिले पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटाउनुपर्ने बताए । आफ्नो कमजोरी लुकाउन निगमले सधैँ घाटा मात्र देखाउने गरेको उनको आरोप थियो ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन नभए कडा संघर्ष गर्ने सो संगठनको चेतावनी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर