नवलपरासीका मिटरब्याजी पीडितहरुद्वारा माइतीघरमा पुनः धर्ना (भिडिओ) – Nepal Press

नवलपरासीका मिटरब्याजी पीडितहरुद्वारा माइतीघरमा पुनः धर्ना (भिडिओ)

काठमाडौं । नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरुले पुनः माइतीघरमा धर्ना दिएका छन् ।

यसअघि गृहमन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगीत गरेर घर फर्केका उनीहरुले पुनः काठमाडौंको माइतीघरमा धर्ना दिएका हुन् । सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरुले जनाएका छन् ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाईमा भएका धर्नामा सहभागीहरुले भूमिहीन बनाइएका किसान–मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

नवलपरासी सुस्ताबाट धर्नामा आएका रामसुवक मुसहरले यसअघि गृह मन्त्रालयसँगको छलफलपछि घर फर्के पनि आफुहरुको समस्या समाधान हुन नसकेको बताए । जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै दोश्रो पटक धर्ना बस्नुपरेको उनको भनाई छ ।

पीडितहरुले भूमिहीन बनाइएका किसानहरुको जमिन फिर्ता गरि कानुनले तोके बमोजिमको ब्याज बाहेकको सबै रकम क्षतिपुर्तिसहित फिर्ता गर्नुपर्ने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर