मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचनापछि यात्रु ओरालियो, शंकास्पद एकजना पक्राउ
नेपाल प्रेस
२०७९ साउन १८ गते १५:२२
काठमाडौं । मुम्बई उड्न लागेको एक जहाजमा आतंकावादी रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ ।
प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले बताए । उनका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।
उनका अनुसार दिउँसो उक्त जहाजको उडान दिउँसो १:१० मा थियो । मुम्बई उड्नुपर्ने आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।
जहाजमा १४१ जना यात्रु रहेको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर