एसईईमा सर्वाधिक जीपीए ल्याउने अर्की छात्राले पनि रोजिन् जेभियर इन्टरनेशनल कलेज
काठमाडौं । यस वर्षको एसईई परीक्षामा सर्वाधिक अंक ४ जीपीए ल्याउने ४२ जना विद्यार्थीमध्येका दुई जनाले प्लस टु अध्ययनका लागि कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज रोजेका छन् ।
४ जीपिए ल्याउने विद्या व्यायाम स्कुलकी प्रकृति श्रेष्ठले जेभियर इन्टरनेशनल कलेज रोजे लगत्तै सोही अंक ल्याउने अर्की छात्रा तारादेवी पाण्डे पनि भर्ना भएकी छन् ।
कपन बालुवाखानीस्थित रिलायन्स को एड स्कुलकी पाण्डेले एसईईमा ४ जीपीए ल्याएकी थिइन् । उनले जेभियर इन्टरनेशनल कलेजमा पुगेर साइन्स अध्ययनका लागि रोजेकी हुन् ।
कलेजले उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा र सरकारले तोकेको मापदण्डभित्रका गरिब, जेहेन्दार विद्यार्थीका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।
पठनपाठन र विश्व स्तरीय विद्यार्थी समेत उत्पादन गर्ने विद्यालयका रूपमा जेभियर इन्टरनेशनल स्थापित भएकाले आफूले प्लस टु अध्ययनका लागि सोही कलेज रोजेको उनले बताइन् ।
कलेजका कार्यकारी निर्देशक भण्डारी, प्रिन्सिपल गोपाल भण्डारी लगायतले यस वर्षको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तारादेवीलाई कलेजमा स्वागत गरे ।
ए लेभलको परीक्षामा तीन पटक जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीले वर्ल्ड टप गरेका छन् भने प्रायः जेभियरका विद्यार्थीले ए लेभलमा नेपाल टप गरेका छन् ।
दक्षिण एशियाकै उत्कृष्ट अवाड मानिने ‘आउट स्टान्डिङ कलेज अफ द इयर’को उपाधी पाएको काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले यस वर्ष कक्षा १२ तर्फ प्राप्त गरेको उत्कृष्ट नतिजाले विद्यार्थी आकर्षित भएको भण्डारीले बताए ।
एसईईको रिजल्टसँगै विद्यार्थी र अभिभावकले जेभियर इन्टरनेशनल कलेज भ्रमण गरेर सबै जानकारी लिन सक्ने कलेज प्रशासनले जनाएको छ ।