सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेश गर्न भीम रावलको माग (भिडिओ) – Nepal Press

सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेश गर्न भीम रावलको माग (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेश गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिको बैठकमा राववले एसपीपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र पठाइसकेको अवस्थामा सरकारले संसदीय समितिमा पत्र पेश गर्नुपर्ने बताएका हुन् ।

एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ भएकै कारण सरकारप्रति अविश्वास बढेको उनको भनाई छ । संसदीय समितिको निर्णय कानूनी शासन मान्ने सरकारले मान्नुपर्ने रावलले बताए । उनले समितिले मागेका कागजात नपठाएर सरकारले समितिको अवमूल्यन गरेको जिकिर गरे ।

बैठकमा अन्य सांसदहरुले समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर