काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ : गगन थापा – Nepal Press

काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद गगन थापाले काठमाडौं महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने बताएका छन् ।

थापाले महानगरका मेयर बालेन्द्र साह (बालेन) सँग भेट गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै यस्तो बताएका हुन् ।

वुधबार उनीहरुबीच भएको भेटवार्तामा काठमाडौंको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन तथा सहरी स्वास्थ्य सेवालगायत विषयमा छलफल भएको थापाले जानकारी दिएका छन् ।

थापाले लेखेका छन्, ‘काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर