‘फेक आइडी’ का पोष्ट शेयर गरेर हर्क साम्पाङले सामाजिक द्धेष फैलाउने घृणित कार्य गरेको आरोप – Nepal Press

‘फेक आइडी’ का पोष्ट शेयर गरेर हर्क साम्पाङले सामाजिक द्धेष फैलाउने घृणित कार्य गरेको आरोप

काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्व उपमेयर तथा नेकपा एमाले केन्द्रीय सदस्य मन्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङ जातीय घृणा र सामाजिक द्धेष फैलाउने कार्यमा लागेको भन्दै निन्दा गरेकी छन् ।

साम्पाङसँगै मेयरको प्रत्यासी समेत रहेकी भण्डारीले आफूलगायत विभिन्न व्यक्तिका नाममा बनाइएका नक्कली फेसबुक आइडीबाट प्रवाहित जातीय घृणा फैलाउने पोष्टहरुबाट सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएकी हुन् ।

धरानमा सहकारी पीडित व्यक्तिले गरेको विरोध प्रदर्शनपछि मेयर हर्क साम्पाङ र एमालेबीच आरोप प्रत्यारोप चलिरहेको छ । यसैबीच मन्जु भण्डारीको नक्कली फेसबुक आइडी बनाएर गरिएको पोष्टलाई मेयर हर्कले आफ्नो आधिकारिक फेसबुकबाट शेयर गरेका थिए ।

विभिन्न नक्कली फेसबुक गु्रप समेत बनाएर राजनीतिक दलका कार्यकर्ता तथा पत्रकारलाई समेत बदनाम गराउँने गिरोह सक्रिय भएको छ । नक्कली फेसबुक ग्रुप च्याट बनाएर बनाएर चरित्रहत्या गरेको भन्दै ग्यालेक्सी फोरके टिभीका पत्रकार मिलन बुढाथोकीले साइबर ब्युरोमा उजुरी समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *