विप्लवका ‘बहुमत विद्रोही’र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच एकता
नेपाल प्रेस
२०७९ साउन २० गते १०:१५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ सहितको वार्ता टोलीकाे संयुक्त बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।
आज बसेको बैठकमा ब्यापक छलफलपछि पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरेको जनाएको छ ।
संयुक्तरुपमा वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत यस प्रक्रियामा सामेल हुन आवह्रान गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर