मेलामा नक्कली नोटको कारोबार गर्ने तीनजना पक्राउ
नेपाल प्रेस
२०७९ साउन २० गते ११:४५
काठमाडौं । नक्कली पैसाको कारोबार गरेको आरोपमा रौतहट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट एक हजार दरका २० वटा नक्कली नेपाली पैसा बरामद भएको प्रहरीले जनाएको छ ।
बोधिमाई नगरपालिका-३ जिउताही टोलको नागपञ्चमी मेलामा ती नक्कली पैसाको कारोबार भएको प्रहरीको दाबी छ ।
एकजना पसलेले आफूलाई मेलामा दिइएको एक हजारको नोट नक्कली भएको भन्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले बोधिमाई नगरपालिका-४ का २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महम्मद र २४ वर्षीय नौसाद आलम रहेका छन् ।
उनीहरू मेलामा पसल थाप्नेहरू रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर