काठमाडौंमा फेरि थुप्रियो फोहोर, फुटपाथ पनि ढाकिँदै – Nepal Press

काठमाडौंमा फेरि थुप्रियो फोहोर, फुटपाथ पनि ढाकिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिन थालेको छ । बञ्चरेडाँडा र सिसडोल जाने बाटो पुनः बिग्रिएको कारण फोहोर उठ्न नसकेको महानगरले जनाएको छ ।

उपत्यकाका विभिन्न सहर तथा गल्लीहरूमा फोहोर उठ्न नसक्दा दुर्गन्ध बढिरहेको छ।फोहोर नउठ्दा फुटपाथमा समेत फोहोरले भरिएको छ । सर्वसाधरणहरु फुटपाथ छोडेर सडकबाट हिड्नुपरेको छ । जसको कारण दुर्घटना हुने जोखिम बढेको छ ।

फोहोर व्यवस्थापन गर्ने बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेको भन्दै दुई साता अघि महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।

सडक निर्माणको काम सकिएपछि ९ दिन अघिदेखि मात्रै महानगरले फोहोर उठाउन शुरु गरेको थियो । महानगरले एक साता फोहोर नउठ्दा सर्वसाधरणले घरबाहिर सडकमा थुर्पान थालेका थिए ।

अहिले सडकमा फेरि फोहोर थुप्रिन थालेको छ । महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर स्रोतमा नै छुट्याउन अनुरोध गरेको थियो । तर सर्वसाधरणले कुहिने र नकुहिने फोहोर नछुट्याइ सडक थुपार्दा दुर्घन्ध फैलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर