४३ डीएसपीको काज सरुवा, १० जिल्लाका प्रमुख फेरिए (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरूलाई काज सरुवा गरेको हो । यसक्रममा १० जिल्लाका प्रमुख फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभामा वीरेन्द्र गोदार, जिल्ला प्रहरी कार्यालय मुस्ताङमा रबिन्द्रनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रकाश श्रीमल, जिल्ला प्रहरी कार्यालय खोटाङमा, शरदकुमार थापाको जिल्ला प्रहरी कार्यालय भोजपुरमा, जयश्वर रिमालको जिल्ला प्रहरी कार्यालय कालिकोटमा काज सरुवा भएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत मुकुन्दप्रसाद रिजालको जिल्ला प्रहरी कार्यालय अर्घाखाची, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत मधुसूदन न्यौपानेको जिल्ला प्रहरी कार्यालय पर्वतमा, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा कार्यरत प्रेमबहादुर शाहीको जिल्ला प्रहरी कार्यालय बैतडीमा, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत जागेश्वर भण्डारीको जिल्ला प्रहरी कार्यालय बझाङमा सरुवा भएको छ ।
यस्तै काठमाडौं उपत्यकाका महत्वपूर्ण वृत्तका प्रमुखहरू पनि हेरफेर गरिएको छ । जसमा निशान्त भण्डारीको प्रहरी वृत्त नयाँ बानेश्वरमा, कोपिला चुडालको प्रहरी वृत्त दरबारमार्गमा, रबिन बिष्टको प्रहरी वृत्त बालाजुमा, राजकुमार श्रेष्ठको प्रहरी वृत्त जगातीमा, संजिवबाबु खड्काको प्रहरी वृत्त गौशालामा, हरिबहादुर बस्नेतको प्रहरी वृत्त बौद्धमा, गणेशबहादुर बमको प्रहरी वृत्त लैनचौरमा, अंगुर जिसीको प्रहरी वृत्त महाराजगन्जमा, तर्कराज पाण्डेको प्रहरी वृत्त मालीगाउँमा, रेशम बोहराको घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरीमा काज सरुवा भएको छ ।
हेर्नुस्- काज सरुवा गरिएका डीएसपीहरूको सूची