काठमाडौं उपत्यकामा फेरि ‘नो हर्न’ अभियान (भिडिओ)
काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नो हर्न अभियानलाई अघि बढाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनका लागि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।
हर्नले ध्वनि प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौं महानगर मेयर बालेन्द्र शाहले बताए ।
काठमाडौं उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो । जसअनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।
नाे हर्न ! एकदम ठीक ।
हर्न भन्दा ठूलाे आवाज निकाल्ने बाइकलाई कारवाही गर्नु पर्ने कि नपर्ने ?