नक्कली भारतीय आधार कार्ड देखाएर मेरियटको क्यासिनो छिर्ने दुई नेपाली पक्राउ – Nepal Press

नक्कली भारतीय आधार कार्ड देखाएर मेरियटको क्यासिनो छिर्ने दुई नेपाली पक्राउ

काठमाडौं । नक्कली भारतीय आधार कार्ड देखाएर मेरियट होटलको क्यासिनो प्रवेश गर्ने दुई जना नेपाली पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले शनिवार साँझ डेल्टिन क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीका खगेन्द्र भण्डारी र तनहुँका सूर्यबहादुर शाही रहेका छन् ।

नेपालीलाई क्यासिनोमा प्रवेश निषेध भएकाले विदेशी नागरिकको नक्कली कागजात पेश गरेर छिर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवैको वास्तविक नाम राखेर भारतीय आधार कार्ड तयार भएको देखिएको छ ।

पक्राउ परेकामाथि जुवा मुद्दामा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *