महिलाको नाममा फेक अकाउन्टमार्फत भिडियो कल गर्दै अश्लिल हर्कत गर्ने पक्राउ
नेपाल प्रेस
२०७९ साउन २२ गते १८:१२
काठमाडौं । महिलाको नाममा फेक अकाउन्ट बनाएर साथी बनेपछि भिडियो कल गर्दै अश्लिल हर्कत गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ का २९ वर्षीय मोहन कुँवर रहेका छन् । एक महिलाको उजुरीपछि कुँवरलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता पशुपती रायले जानकारी दिए ।
‘भिडियो कल एसेप्ट गर्ने बित्तिकै अश्लिल हर्कत गर्ने गरेको पाइएको छ’, प्रवक्ता रायले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर