एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए वडाध्यक्ष खनाल – Nepal Press

एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए वडाध्यक्ष खनाल

हेटौँडा । मकवानपुको मनहरी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन् । एसएलसी पास गरेको ३१ वर्षपछि उनी आफ्नै वडामा रहेको वाल जीवनज्योती माविमा कक्षा ११ मा भर्ना भएका हुन् ।

२०४८ सालमा बाराको सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण भएका खनाल आफै व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा ११ कक्षामा भर्ना भएका हुन् ।

राजनीतिको लागि शिक्षा अति आवश्यक रहेको महशुस भएको भन्दै उनले समाजसुधारको लागि औपचारिक शिक्षाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने ठानेर भनाए भएको बताए ।

५१ वर्षका खनालले भने,’मेरो पढने इच्छा हुँदाहुँदै पनि विभिन्न कारणले पढन सकेको थिईन्, राजनीति र सामजिक जीवनले गर्दा औपचारिक शिक्षालाई अघि बढाउन सकेको थिईन, तर अब समय मिलाएर दुबै क्षेत्रमा अघि बढने सोचले ११ कक्षा भर्ना गरेको हुँ ।’

नेपाली कांग्रेसको तर्फबाट लगातार दोश्रो पटक वडाध्यक्षमा निर्वाचित खनालले आफुले सुरु गरेको अभियानले विभिन्न कारणले बिचैमा अध्ययन छाडेकारुलाई समेत प्रेरणा मिल्न सक्ने र पुनः अध्ययन थाल्ने अभियानको सुरुवात हुनसक्ने बताए ।

पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै खनालले कक्षा ११ भर्ना गरेको बताए । राजनिति गरेर समाज सुधान गर्नको निम्ती शिक्षा सबैभन्दा आवश्यक रहेकोले आफूले विद्यालयमा भर्ना गरेको उनको भनाई छ ।

‘पढ्ने चाहनलाई उमेरले नरोक्दो रे छ त्यसैले कक्षा ११ मा भर्ना गरे’ उनले भने । औपचारिक शिक्षाको अभाव खड्कीयपछि विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *