आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त
नेपाल प्रेस
२०७९ साउन २४ गते ११:३४
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त वादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।
सञ्चालक समितिको निर्णयानुसार प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाइ यही साउन २३ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गरिएको हो ।
श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । यसअघि श्रेष्ठले करिब ७ वर्ष आइएमई जनरल इन्स्योरेन्सको नेतृत्व सम्हालिसकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर