४५ अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो
नेपाल प्रेस
२०७९ साउन २४ गते १५:०८
काठमाडौं । मङ्गलवार सेयर बजार ४५.४२ अंकले घटेको छ । २.१६ प्रतिशतले घटेको बजारमा कारोबार रकम पनि खुम्चिएको छ ।
यस दिन २ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार २०६०.७३ विन्दुमा अडिएको छ ।
मङ्गलवार कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । आजको कारोबारमा २२२ कम्पनी सहभागी भएका थिए ।
अझै केही समय बजार साइड लाइनमा रहने विज्ञहरूले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर