विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई थुनामा पठाउने आदेश – Nepal Press

विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई थुनामा पठाउने आदेश

काठमाडौं । शंकास्पद कारोबारमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले श्रेष्ठलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले श्रेष्ठविरुद्ध राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत ४८ करोड रुपैयाँ बिगो, बिगोको तेब्बरसम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय माग गर्दै अभियोग पत्र दायर गरेको थियो ।

श्रेष्ठ विशाल सिमेन्टका सञ्चालक हुन् । उनी असार २९ गते पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर