मनाेहराकाे बाढीले किनारका बस्ती डुबानमा (तस्बिरहरु) – Nepal Press

मनाेहराकाे बाढीले किनारका बस्ती डुबानमा (तस्बिरहरु)

काठमाडौं । गएराति परेको अविरल वर्षाले काठमाडौंको बाग्मती, ललितपुरको गोदावरी, र भक्तपुरको हनुमन्ते खोलामा बाढी आएको छ ।

खोला आसपासका सडक, घर र मनोहरा फाँटका सुकुम्बासी बस्तीमा पानी पसेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको हाे ।

बाढीले केही टहरा बगाउनुकाे साथै,टहरामा भएका घरायसी सामग्री  समेत बगाएकाे छ । भएका सामानहरु पनि काम नलाग्ने भएकाे छ । बाढी पसेर विद्यालयमा समेत क्षति पुगेको छ । घर टहरा डुबानमा पसेपछि स्थानीयहरु बिहानैदेखि सरसफाईमा जुटेका छन् ।

स्थानीयका अनुसार राति बाढी पसेर सबै घरभित्र पानी पसेर घुँडा घुँडासम्म पानी जमेको थियो ।  बाढीले मानवीय क्षति गरेको छैन । त्यस क्षेत्रमा प्रहरी तथा उद्धार टोली खटिएका छन् । प्रभावितहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्तैकाँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको छ । कार्यालयमा बाढी पसेर मेसका सामानहरु बगाएको काडाँघारी प्रहरी प्रभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा मंगलबार राति परेको वर्षाको कारण बागमती र सहायक नदीमा पानीको बहाव बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर