मध्यराति नाकामा कर्मचारी कुट्नेलाई कारबाही गर्न कर्मचारी संगठनको माग – Nepal Press

मध्यराति नाकामा कर्मचारी कुट्नेलाई कारबाही गर्न कर्मचारी संगठनको माग

काठमाडौं । नेपाल-भारत सीमा नाका वीरगञ्जमा ड्युटीमा रहेका कार्यालय सहयोगी बमबहादुर बिशंखेमाथि कुटपिट गरिएको घटनामा ध्यानाकर्षण जनाउँदै नेपाल निजामती कर्मचारी संगठनले दोषीमाथि कारबाहीको माग गरेको छ ।

सोमबार राति करिब ११ बजे नाका बन्द भइसकेको अवस्थामा एक निजी नेपाली नम्वर प्लेटको सवारीसाधनबाट नेपाल प्रवेश गर्न खोजेका व्यक्तिलाई रोक्न खोज्दा आफू प्रहरी भएको बताउँदै ती व्यक्तिले कुटपिट गरेको संगठनले जनाएको छ ।

कर्तव्यपालनको क्रममा रहेका राष्ट्रसेवक कर्मचारीमाथि अमानवीयरूपमा कुटपिट गरिएको भन्दै संगठनको अर्थमन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष मधुसुदन पौडेलद्वारा जारी विज्ञप्तिमा दोषीमाथि कारबाहीको माग गरिएको छ ।

उक्त घटनाले राज्यको संवेदनशील मानिने सीमा नाकाको व्यवस्थापनमा खटिने कर्मचारीको मनोबल खस्काउने र जीउज्यानको सुरक्षाको चुनौतीमा कर्मचारीले प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने देखिएको भन्दै बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहने सीमा नाकामा खटिएका कर्मचारीमाथि ज्यादती हुने र कर्मचारीलाई भौतिक आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न संगठनले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *