चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु – Nepal Press

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका २९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको हो ।

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर