नेप्सेमा १९ अंकको गिरावट, १ अर्ब ७९ करोडको कारोबार
नेपाल प्रेस
२०७९ साउन २६ गते १५:१५
काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार बिहीबार दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा अडिएको छ । कारोबार रकममा समेत ह्रास आइरहेको छ । आजको दिन १ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबै समुहमा गिरावट आएको छ ।
कारोबारमा २२३ कम्पनी सामेल भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर