आदिवासी जनजातिको भाषा, कला तथा संस्कृतिको संरक्षणका लागि अध्ययन गर्न निर्देशन – Nepal Press

आदिवासी जनजातिको भाषा, कला तथा संस्कृतिको संरक्षणका लागि अध्ययन गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको भाषा कला संस्कृतिको संरक्षण प्रवर्द्धनका लागि आवश्यक अध्ययन अनुसन्धान गरी अभिलेखिकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले आदिवासी जनजातिको भाषा, कर्ला संस्कृति, भेषभुषाको विविधतायुक्त उपस्थिति राज्यको सांस्कृतिक सम्पत्ति भएको र नागरिकका पहिचानका विषयवस्तु पनि भएकाले भाषा कला संस्कृतिको संरक्षण प्रवर्द्धनका लागि आवश्यक अध्ययन अनुसन्धान गरि अभिलेखिकरण गर्न निर्देशन दिएको हो ।

बैठकले यस सम्बधमा आवश्यक नीतिगत तथा कार्यगत योगदान पुग्ने गरी कार्यसम्पादन गर्न पनि आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले आदिवासी जनजाती आयोग क्रियाशील रहेको अवस्थामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको विद्यमानताले उस्तै प्रकृतिको कार्यका लागि दोहोरो राज्यश्रोतको लगानी भएको देखिएको भन्दै एकै प्रकृतिका कार्यका लागि दोहारो संरचना आवश्यक भए नभएको पहिचान गर्न प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् ।

त्यस्तै, समितिले विश्वव्यापीकरणको कारण स्थानीय आदिवासी जनजातिको मौलिकतामा क्षयीकरण भए नभएको विषयमा बस्तुगत अध्ययन गर्न पनि आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर