यो चुनावलाई सामान्य प्रक्रियामात्र नसम्झौं : लिङदेन (भिडिओ) – Nepal Press

यो चुनावलाई सामान्य प्रक्रियामात्र नसम्झौं : लिङदेन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरेका छन् ।

आज राप्रपाको आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आउने निर्वाचनलाई नियमित सामान्य प्रक्रियामात्र नसम्झौं,’ उनले भने,‘आउने निर्वाचनलाई ३० वर्षदेखि कांग्रेस, एमाले, माओवादीको दुस्चक्रमा फसेको देशलाई निकालौ भन्ने संकल्पका साथ लिऔं ।’

अहिले नविन ढंगले क्रियाशिल रहेको चुनाव चिन्हलाई साझा चिन्हका रुपमा प्रयोग गर्न उनले आग्रह गरे । ‘राप्रपाको चुनाव चिन्ह हलो राप्रपाको मात्रै चुनाव चिन्ह होइन । नेपाली जनतालाई अप्ठेरोबाट त्राण दिने चिन्ह हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *