काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल – Nepal Press

काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्ती पोख्रेलले पार्टीले टिकट दिए काठमाडौं २ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिवार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन् ‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु पार्टीका अग्रजहरूले आशीर्वाद दिनुहुनेछ । यहाँ उपस्थित सबै साथीहरूलाई भन्न चाहन्छु हाम्रो एजेन्डा स्थापित गर्न लागि परौँ । हाम्रो जित सुनिश्चित छ।’

देशका फरक विचारधारा बोकेका अन्य पार्टीहरूले पनि राप्रपाको एजेन्डा मन पराएको उनले जिकिर गरेकी छन् । उनले भनिन् ‘केपी ओली र प्रचण्डले पनि राजाको बयान गर्न थालेका छन् । एमाले नेता दुर्गा प्रसाईँले त खुलेरै सङ्घीयताको काम छैन भनिसकेका छन् । अरू नेताहरू पनि बोल्न थालेका छन् । अन्त्यमा राप्रपाको एजेन्डा नै सही रहेछ भनेर प्रस्ट हुँदै छ ।’ उनले अगाडी थपिन ‘अरूलाई त भन्दिन मैले देशेको देश प्रेमी नेता केपी ओली हो । उहाँलाई भन्न चाहन्छु आउनुहोस् देश बनाउने काममा हातेमालो गरौँ ।’

त्यस्तै उनले प्रचण्डले देश बेच्ने काम गरेको आरोप लगाएकी छन् । नागरिकता विधेयक पारित गराएर नेपाललाई फाइदा भन्दा बढी नोक्सान हुने उनको भनाई छ । उनले भनिन् ‘केही समय अघि प्रचण्ड भारत गएका थिए । दिल्लीमा नागरिकता विधेयकको विषयमा केही त छलफल भयो । त्यसपछि मात्रै यो विधेयक पारित भएको छ । यसरी खुरुखुरु नागरिकता दिने हो भने ३ करोड नेपाली ६ करोड हुन कुनै समय लाग्दैन ।’

उनले उक्त विधेयकबाट भारतीय नागरिक हाम्रो देशको कार्यकारी पदसम्म पुग्ने बाटो खुला गरिएको समेत बताएकी छन् । उनले भनिन् ‘यसरी सहजै भारतीय नागरिकले नेपाली नागरिकता पाउने हो भने भोलि देशको कार्यकारी पदमा अरू कुनै देशको नागरिक पुग्न समय लाग्दैन । यो सोच्नुपर्ने विषय हो ।’

त्यस्तै पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले राप्रपालाई छैटौँ सातौँ पार्टी हुने छुट नभएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने ‘आजको आवश्यकता भनेको राप्रपा हो भन्ने जनताले बुझिसकेका छन् । जनता झुक्क्याउने, झुट बोल्नेहरूको खैर छैन । अब राप्रपालाई छैटौँ वा सातौँ पार्टी भएर कदापि उचित छैन । मेरो स्वास्थ्य अवस्था त्यति ठिक छैन । कुन्तीको लागी मात्रै आएको थिए । सबै जना आजैबाट जोडतोडका साथ अघि बढ्नुहोस् ।‘

त्यस्तै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य पोख्रेलले उम्मेदवारीका लागि इच्छा देखाएको गरेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने ‘म एकदमै खुसी छु कुनै बेला उम्मेदवार नपाएर हैरान हुन्थ्यो । अब खुलेर म उम्मेदवार बन्छु भन्नेहरूको संख्या बढेको छ । पार्टीको नीति, आन्तरिक छलफल, अन्य कमिटीहरूको सिफारिस सबै हेरेर उम्मेदवार निश्चित गर्नेछौँ ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री तथा पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले पोख्रेलको इच्छाको विषयमा पार्टीमा छलफल हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर