राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृति (मन्त्रिपरिषदकाे २४ निर्णय / भिडिओ) – Nepal Press

राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृति (मन्त्रिपरिषदकाे २४ निर्णय / भिडिओ)

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक वर्ष २०७९र८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन्।

उनले आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यही साउन १ देखि लागु हुने गरी स्विकृत भएको जानकारी दिए । उनले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने।’

चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ देखि लागु हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने उल्लेख छ।
बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालयअन्तर्गतका विभिन्न आयोजनाका लागि राजपत्रांकित श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *