युवा संघ नेपाल सरसफाईमा (फोटो फिचर/भिडिओ) – Nepal Press

युवा संघ नेपाल सरसफाईमा (फोटो फिचर/भिडिओ)

काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौंको नयाँ बानेश्वरमा फोहोर संकलन गरेको छ ।

उपत्यकामा शनिबार परेको भारी वर्षाका कारण ठाउँ ठाउँमा थुपरिएको फोहोर छरपष्ट भएर अस्तव्यस्त बनेको थियो ।

उता डम्पिङ साइट बञ्चरेडाँडाका स्थानीयबासीले फोहोर फाल्न नदिने चेतावनी दिएपछि फोहोर व्यवस्थापन झनै अन्यौल बनेको अवस्थामा युवा संघका कार्यकर्ता सरसफाईमा सरिक बनेका हुन् ।

संघले काठमाडौं महानगरमा चुलिएको फोहोरको समस्यालाई सहयोग गर्न सरसफाई कार्यक्रम आयोजना गरेर सफाइ गरेको हो ।

लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ ।

फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्यसुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उनीहरुले फोहोर व्यवस्थापन गर्दा ध्यानपूर्वक गर्नुपर्ने सन्देशसहित व्यवस्थित रुपमा सफाई कार्यक्रम गरेका तस्वीरमा देख्न सकिन्छ ।

हेर्नुस् थप तस्वीरः


तस्वीरहरुः गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *