भौतिक विकाससँगै आध्यात्मिक विकास पनि चाहिन्छ, जापानमा आत्महत्या धेरै हुँदोरहेछ : प्रचण्ड (भिडिओ) – Nepal Press

भौतिक विकाससँगै आध्यात्मिक विकास पनि चाहिन्छ, जापानमा आत्महत्या धेरै हुँदोरहेछ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक विकासले मात्रै कुनै पनि देश सुखी र खुशी हुन नसक्ने औंल्याएका छन् । जापानको दृष्टान्त सुनाउँदै उनले भौतिक विकाससँगै आध्यात्मिक र सांस्कृतिक विकास पनि हुनुपर्नेमा जोड दिए ।

आज रसियन कल्चर सेन्टरमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले जापानले भौतिक विकास निकै गरे पनि त्यहाँ आत्महत्याको दर उच्च रहेको बताए ।

हालै जापान भ्रमणबाट फर्केका उनले भने, ‘जापानको विकास धेरै लोभलाग्दो छ, तर मैले त्यहाँका धेरै बुद्धिजिवी तथा स्थानीय नागरिकहरुसँग सुन्दा आत्महत्या धेरै हुने देशभित्र जापान पनि पर्दोरहेछ । यत्रो विकसित देशमा यतिधेरै आत्महत्याका घटना किन हुन्छन् भन्ने जिज्ञासा मैले राखेको थिएँ ।’

उनले थपे, ‘भौतिक विकाससँगै सांस्कृतिक, आध्यात्मिक वा भनौं आत्मिक र चेतनाको विकास भएन भने त्यसले समाजमा समाञ्जस्यता कायम गर्न सक्दो रहेनछ । त्यसैले भौतिक विकासमात्रै पर्याप्त छैन भन्ने हामी विकसित देशको अनुभवबाट बुझ्न सक्छौं ।’

मानिसहरुको जीवन सरल र सहज बनाउन संस्कृतिको निकै ठूलो भूमिका हुने प्रचण्डले औंल्याए । आफू स्वयम् संस्कृतिको अनुरागी भएको उनको भनाइ छ ।

‘म आफैं संस्कृति र कलाप्रति अलि बढी अनुराग राख्ने मान्छे हुँ । राजनीतिमा लागेर धेरै उतारचढाव भोगेँ । तर, भित्रीरुपमा म अलि बढी भावुक र संवेदनशील हुनुको नाताले कला–साहित्यप्रति अनुराग बढी छ । यो पाटोबाट मलाई कमै मान्छेले बुझेका छन्,’ उनले भने ।


प्रतिक्रिया

2 thoughts on “भौतिक विकाससँगै आध्यात्मिक विकास पनि चाहिन्छ, जापानमा आत्महत्या धेरै हुँदोरहेछ : प्रचण्ड (भिडिओ)

  1. मर्ने बेलासम्म भए पनि यिनको मुखबाट आखिर कृष्ण रहेछ एक न भो बुद्दी न ममा विवेक। बेकारमा त्यति धेरै मान्छे मर्ने आन्दोलन गरेछु भन्ने सुनिन्छ। सुनिन्छ।

  2. थुक्क! तेत्रो १७००० हजार मान्छे मर्दा र मार्दा तेरो आध्यात्मिकता जागेन ? अहिले आयेर ” भावुक छु” अरे ! नहसाउनु न यार ! जोक गर्नु र जोकरगिरी गर्नुको पनि हद हुन्छ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *