नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना काठमाडौंमा


काठमाडौं । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न अमेरिकी सेनाको टोली सोमबार काठमाडौं आइपुगेको छ ।
क्याप्टेन ब्लेक डुकारेलको कमान्डमा आएको १६ सदस्यीय टोलीले ‘एक्स ब्यालेन्स नेल’ सैन्य अभ्यास नेपाली सेनासँग संयुक्त रूपमा गर्नेछ । यो सैन्य अभ्यास एक महिनासम्म सञ्चालन हुने छ भने छाउनी र नगरकोट इलाकामा सञ्चालन हुने छ।
नेपाली सेनाको रेन्जर गणका ८० जना सेना यो अभ्यासमा सहभागी हुनेछन्। नेपाली सेना र अमेरिकी सेनाले वि.स. २०६० सालदेखि एक्स ब्यालेन्स नेल अभ्यास गर्दै आएका छन् । यो ३९ औँ संस्करण हो ।
अभ्यास सशस्त्र द्वन्द्वका नियम, सैन्य निर्णयका प्रक्रियालगायत विषयमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ।