अन्डरवेयरमा लेपेर सुन तस्करी, विमानस्थलबाट एकजना पक्राउ – Nepal Press

अन्डरवेयरमा लेपेर सुन तस्करी, विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं । सुनले लेपन गरेको अन्डरवेयर र पेन्ट लगाएर आएका एक व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङका २८ वर्षीय रिवाज गजमेर छन् । स्रोतका अनुसार पेन्ट र अन्डरवेयर दुवैको कपडामा सुन लेपन गरेको पाइएको छ । त्यसमा सुनको परिमाण कति छ भन्ने यकिन हुन सकेको छैन । कपडालाई डढाएर सुन छुट्याउने तयारी विमानस्थल भन्सारको छ । गजमेर बैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन् ।

यसअघि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पनि कपडामा सुन लेपर गरी लगाएको आएको अवस्थामा केही व्यक्तिलाई केही समय अघि पक्राउ गरेको थियो । पछिल्लो समय कपडाको टाँकमा पनि सुन लुकाएर ल्याउने गरेको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *