३६ लाख नगद र सुनसहित सर्लाहीबाट दुईजना पक्राउ
नेपाल प्रेस
२०७९ साउन ३१ गते १३:१८
काठमाडौं । सर्लाहीको बरहथवाबाट ३६ लाख रूपैयाँ नगद र २ सय ३३ ग्राम २ सय ८० मिलिग्राम सुनको गरगहनासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका-७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण-२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका छन् ।
प्रदेश ०२-०३३ प ७७५० नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई रोकेर प्रहरीले खानतलासी लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर