प्रहरीको सहयोगमा आज पनि काठमाडौंको फोहोर ल्याण्डफिल साइट लगिँदै, स्थानीय डाँडामा उक्लिए – Nepal Press

प्रहरीको सहयोगमा आज पनि काठमाडौंको फोहोर ल्याण्डफिल साइट लगिँदै, स्थानीय डाँडामा उक्लिए

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर बञ्चेडाँडास्थित ल्याण्डफिल्ड साइटमा विसर्जन गरिने भएको छ ।  स्थानीयले फोहोर बोकेको टिपरलाई पटकपटक अवरोध गरेपछि प्रहरी परिचालन गरेर व्यवस्थापन गर्न लागेको हाे।

फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायतका मागहरु पूरा हुनुपर्ने बताउँदै उनीहरुले सडकमा अवरोध गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले  फोहोर ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने उद्देश्य नभएकाे बताए ।

‘फोहोर ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने उद्देश्य होइन ।’ फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका सन्र्दभमा प्रमुख साहले भने, ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिवद्धता हो । प्रतिवद्धतामा हामी इमान्दार, सचेत र संवेदशनशील छौँ ।’

सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीयहरु डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर