पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटी बैठक बस्दै – Nepal Press

पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा ९ बजे बस्नेछ ।
आजको बैठकले पदाधिकारीको नाम टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय समिति, पोलिटब्यूरो र पदाधिकारीको छलफल हिजोको स्थायी समिति बैठकमा लगभग सकिएको छ । आजसम्म सबै सकिन्छ ।’ त्यसको गृहकार्यको जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको महराले बताए ।

माओवादीमा खासगरी महासचिवको विषयले पदाधिकारी चयन पेचिलो बनेको छ । वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी रहेकाले कसलाई छान्ने विषयमा प्रचण्ड सकसमा छन् । हिजो बसेको बैठकले पदाधिकारीबाहेक सबै समिति टुंगो लगाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने, १२५ सदस्यीय पोलिटब्यूरो समिति गठन गर्ने, २६ जना वैकल्पिक पोलिटब्यूरो बनाउने र ३४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको थियो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर