नेमकिपा सडकमा- नागरिकता विधेयक सहमतिमा अघि बढाउन माग (तस्बिरहरू)
२०७९ भदौ २ गते १३:१६
काठमाडौं । नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीलेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन अघि बढाउन लागेको र उक्त विधेयक मुलुकको हितमा नरहेको भन्दै नेमकिपाले बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।
सहभागीहरूले देशघाती नागरिकता विधेयक खारेज गर, भारतीय विस्तारवाद मूर्दावाद लगाएका नारा लगाएका थिए । नेमकिपाले नागरिकता विधेयकमा पुन: छलफल गरि देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ ।
प्रतिक्रिया