दाङमा हनि ट्रयापमा पारेर ठगी गर्ने महिलाको गिरोह पक्राउ
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले प्रेमको नाटक गरेर जालमा पारी आर्थिक लाभ लिने खोज्ने दाङका एक पुरुषसहितको महिला गिरोहलाई पक्राउ गरेको छ ।
कार्यालयले पक्राउ परेकाहरुलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेको दिनेश घर्ती मगरलाई माया प्रेमको नाटक गरी रकम असुली गरेको आरोपमा पक्राउ पर्नेहरुमा रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५ का ४० वर्षिय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका वडा नं. १० पवित्रा डाँगी, सोही ठाँउका ३२ वर्षीय बिमला डाँगी, २९ वर्षिय शान्ता नेपाली र २२ वर्षिय सर्मिला भनिने पर्मिला नेपाली रहेको छन् ।
पक्राउ परेकी सर्मिलाले पीडित घर्तीलाई गत साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएको र पक्राउ परेका अन्य चारजना केहीबेरमा घरमा आई डरधम्की दिई नगद १ लाख र २/२ लाखका २ वटा चेक फरक–फरक मितिमा र एउटा चेक ७ लाख २० गरी १२ लाख २० हजार रुपैया बेइमानी पूर्वक लाभ लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुुख एसपी सुुरेश काफ्ले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
प्रहरीले चेक बरामद समेत गरिसकेको उनले बताए । पक्राउ परेकाहरु मुुलुक फौजदारी कार्यविधि संहिता २०७४ अनुुसार आपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरी अनुुसन्धान भइरहेको उनले जानकारी दिए ।