याक एण्ड यतिमा नै कार्यालय किन भन्ने प्रश्नमा एमसीएको यस्तो जवाफ – Nepal Press

याक एण्ड यतिमा नै कार्यालय किन भन्ने प्रश्नमा एमसीएको यस्तो जवाफ

काठमाडौं । एमसीसीको परियोजना कार्यान्वयन गर्न गठन भएको मिलेनियम च्यालेन्ज अकाउन्टको नेपालको कार्यालय पाँच तारे होटलमा राखेको भन्दै आलोचना भइरहेको छ ।

याक एण्ड यति होटलमा एमसीएको कार्यालय राखेर लागत बढाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले उपयक्त ठाउँ खोजेर कार्यालय सार्न भनिरहेका छन् । तर एमसीए नेपालका सिइओ खड्क विष्टले भने अन्त पार्किङ गर्ने ठाउँ नभएर याक यण्ड यतिमा कार्यालय राखेको बताएका छन् ।

बिहीबार एमसीए नेपालले आयोजना गरेको कार्यक्रममा पाँच तारे होटलमा कार्यालय राखेर लागत किन बढाएको भन्ने पत्रकारको प्रश्नमा खड्काले एमसीए नेपालका कर्मचारीहरुको करिब २० वटा गाडी रहेको र ती गाडी पार्किङ गर्ने ठाउँ अन्त नभएकाले पाँच तारेमै बस्नु परेको बताए ।

अहिले एमसीएका ६० जना भन्दा बढी कर्मचारी छन् । यद्यपि अन्त सस्तो हुने गरी ठाउँ पनि खोजिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर