पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक सच्याउन माग गर्दै भेटनरी एशोसियसनद्वारा विरोध (भिडिओ) – Nepal Press

पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक सच्याउन माग गर्दै भेटनरी एशोसियसनद्वारा विरोध (भिडिओ)

काठमाडौं । नेपाल भेटनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संशोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो ।

एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी संसदमा उक्त विधेयक पेश गरेको आरोप लगाएको छ ।

त्यसको विरोधमा आगामी भदौ १ गतेदेखि ५ गतेसम्म कार्यक्रमहरु सार्वजनिक गर्दै सम्ुपर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन एसोसिएशनले आग्रह गरेको छ ।

विरोधस्वरुप भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध जनाउने, भाद्र २ गते पेन डाउन, कामकाज बन्द गर्ने, त्यस्तै, भाद्र ३, ४ र ५ गते काठमाडौ केन्द्रित मेला, अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने लगायतका छन् ।

पत्रकार सम्मेलनमा नेपाल भेटनरी एशोसिएसनका कार्यवाहक अध्यक्ष प्रा.डा.कृष्णभक्त काफ्लेले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी पेलेर संसदमा उक्त विधेयक पेश गरेर पारित गरेको भन्दै आपत्ति जनाए । उनले विधेयकमा भएका कमजोरीलाई राष्ट्रिय सभाबाट सच्चाएर एसोसिएशनले उठाएका जायज मागहरु सम्बोधन गर्न माग गरे ।

उनले जुन असहमतिका विषय कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा पठाइने भनिए पनि उक्त समितिले समेत आफुहरुले उठाएका न्युनतम जायज मागहरुलाई वेवास्ता गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर