माओवादी बैठक निर्वाचनमा केन्द्रित, टुंगिएन पदाधिकारी – Nepal Press

माओवादी बैठक निर्वाचनमा केन्द्रित, टुंगिएन पदाधिकारी

काठमाडौं । आज पदाधिकारी टुंग्याउने भनिएको  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ । आजको बैठक आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन,’ महराले भने, ‘भोलि १ बजे फेरि बस्ने गरी आज टुंगिएको छ । छलफल लगभग टुंगिएको छ । खाली अन्तिम निष्कर्ष मात्रै बाँकी हो ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले आज टुंग्याउन नसकिएको उनको भनाइ थियो ।

पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठाेस निर्णय गर्न सकेकाे छैन । बुधबार नै प्रवक्ता कृष्णबहादुर महराले धेरै नाम फाइनल भइसकेकाे भन्दै बिहीबार नै सकिने बताए थिएका । तर, हिजाेकाे बैठक विभिन्न कारण देखाएर पटकपटक सारियाे ।

खासगरी महासचिवकाे विषयले माओवादीमा पदाधिकारी चयन पेचिलाे बनेकाे छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । दुईजनामध्ये कसलाई रोज्ने भन्ने सकसमा परेका प्रचण्डले बुधबारको बैठकमा विकल्पको रूपमा देव गुरुङको प्रसंग निकालेका थिए ।


प्रतिक्रिया

One thought on “माओवादी बैठक निर्वाचनमा केन्द्रित, टुंगिएन पदाधिकारी

  1. कुन टुङ्गिन पर्यो त ? यो पार्टी पदाधिकारी नटुङ्गाई विघटन भएको हेर्न पाए सबैभन्दा खुशी म हुन्थें

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर