प्रदीप गिरीकाे स्वास्थ्य जटिल, भेन्टिलेटरबाट हटाइयाे
नेपाल प्रेस
२०७९ भदौ ३ गते २२:०९
काठमाठौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले भेन्टिलेटरबाट निकालिएको छ ।
अस्पतालमा श्रीमतीले रुघिरहेकी छन् ।
घाँटीको क्यान्सरका कारण भारतमा उनको उपचार गरिएको थियो । करिब तीन सातादेखि गिरीको मेडिसिटीमा उपचार भइरहेको छ ।
तस्बिर: रामपल्टन साहकाे फेसबुक
प्रतिक्रिया