गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटीमा नेताहरू (तस्बिरहरू) – Nepal Press

गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटीमा नेताहरू (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन नेताहरू अहिले मेडिसिटी अस्पताल पुगेका छन् ।

पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइरालालगायतका नेता तथा मन्त्रीलगायत अन्य दलका नेता साथै आफन्त शुभचिन्तक अस्पताल परिसरमा भेला भएका छन् ।

उनको पार्थिव शरीरमा फूलमाला लगाउनुका साथै त्यहाँ राखिएको शोक पुस्तिकामा नेताहरूले गिरीको योगदानको स्मरण गरेका छन् ।

उपचारका क्रममा गएराराति नेपाल मेडिसिटी अस्पतालमा उनको निधन भएको थियो ।

साढे ११ बजे देखि २ बजेसम्म सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिनेछ ।

त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर