साउनमा सरकारले कमायो ९२ अर्ब – Nepal Press

साउनमा सरकारले कमायो ९२ अर्ब

काठमाडौं । सरकारले साउन महिनामा ९२ अर्ब १२ करोड ३२ लाख रूपैयाँ आम्दानी गरेको छ । यो महिनामा करबाट मात्र ८० अर्ब ८२ करोड ७९ लाख रूपैयाँ उठेको हो ।

चालू आर्थिक वर्षको पहिलो महिनामा ७९ करोड ३० लाख रुपैयाँ अनुदानबाट प्राप्त भएको छ भने अन्य प्राप्ति १० अर्ब ५० करोड २३ लाख रूपैयाँ रहेको छ । सरकारले लक्ष्यको ६.३२ प्रतिशत आम्दानी गरेको हो ।

चालू वर्ष १४ खर्ब ५८ अर्ब आम्दानी गर्ने लक्ष्य सरकारको छ । सरकारले एक महिनामा २४ अर्ब खर्च गरेको छ । जसमा विकास खर्च १ अर्ब ५० करोड ८५ लाख रूपैयाँ रहेको छ । सरकारले यो वर्षका लागि विकास खर्चको नाममा ३ खर्ब ८० अर्ब रूपैयाँ छुट्याएको छ ।

चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँ खर्च गर्ने र १४ खर्ब ५८ अर्ब रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर