सामुदायिक विद्यालयका कर्मचारीले पाएनन् न्यूनतम तलब, माइतीघरमा धर्ना (भिडिओ) – Nepal Press

सामुदायिक विद्यालयका कर्मचारीले पाएनन् न्यूनतम तलब, माइतीघरमा धर्ना (भिडिओ)

काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौंमा धर्ना दिएका छन् ।

केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका हुन् ।

चालू आर्थिक बजेटमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख रहेको र त्यसका लागि सरकारले मासिक पारिश्रमिक ८ हजार उपलब्ध गराउने तथा न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने व्यवस्था गरिएको छ ।

तर स्थानीय तहहरुले आफुहरुलाई कुनै रकम उपलव्ध नगराएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । धर्नाबाट पनि आफुहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *