सुन तस्करीमा मुछिएपछि गृहमन्त्रीका पीएसओ हेडक्वार्टर तानिए – Nepal Press

सुन तस्करीमा मुछिएपछि गृहमन्त्रीका पीएसओ हेडक्वार्टर तानिए

काठमाडौं । सुन तस्करीमा जोडिएपछि गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अगाडि बढाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले वरिष्ठ नायब निरिक्षक कार्कीमाथि अनुसन्धान भइरहेको बताए । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानबिन शाखाले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई थुनाएर चेक काट्न लगाएको आरोप लागेको छ ।

स्रोतका अनुसार भरियाले बोकेर ल्याएको सुन ’रिसिभ’ नगरेपछि चितवनका एक व्यक्तीले त्यहाँपछि दिनुपर्ने व्यक्तिलाई नदिएपछि तस्करले कार्कीमार्फत ती व्यक्तिलाई पक्राउ गर्न लगाएर पाँच जनाको नाममा चेक काट्न लगाएको आरोप छ । गौशाला प्रहरी वृत्तको हिरासतमा राखिएका ती व्यक्तिलाई अभद्र व्यवहारमा थुनिएको बताइएको छ । चेक काटेपछि ती व्यक्ति छुटेका थिए ।


प्रतिक्रिया

One thought on “सुन तस्करीमा मुछिएपछि गृहमन्त्रीका पीएसओ हेडक्वार्टर तानिए

  1. राम्रोसँग छानबिन गर यस्ता काममा गृहमन्त्रीको संलग्नता भेटिन्छ। यो सरकारका सबै मन्त्री यसरी नै पैसा कमाउन व्यस्त छन्। यसरी असुलेको पैसा गठबन्धनका नेतासम्म पुग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर