ऋण दिन नसक्ने अवस्थामा यी तीन बैंक – Nepal Press

ऋण दिन नसक्ने अवस्थामा यी तीन बैंक

काठमाडौं । तीन वटा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ । मौद्रिक नीतिको व्यवस्था अनुसार यस्तो सीमा ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्दछ । साउनको अन्त्यसम्म नबिल बैंक, नेपाल बैंक र सेन्चुरी कमर्सियलको सीडी रेसियो नाघेको हो ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार सेन्चुरीको ९१.६३ प्रतिशत, नबिलको ९०.९२ प्रतिशतर नेपाल बैंकको ९०.७२ प्रतिशत छ । तर, समग्रमा वाणिज्य बैंकहरूको औसत सीडी रेसियो भने ८८.०७ प्रतिशत छ । असार मसान्तसम्म यस्तो रेसियो ८६.२२ प्रतिशत थियो ।

सानिमा, प्रभु, एसबीआईको ८५ मुनि छ । वाणिज्य बैंकहरूले कुल रकममा ९० प्रतिशत मात्रै कर्जा दिन पाउँछन् । तर, तीन बैंकले भने सो भन्दा बढी कर्जा प्रवाह गरेका छन् । सीडी रेसियो ९० प्रतिशत नाघ्नु भनेको ती बैंकले ऋण प्रवाह गर्न नसक्नु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *