३ वर्षमा सबै सार्वजनिक विद्यालयमा भौतिक पूर्वाधारको काम सकिन्छ : मन्त्री पौडेल – Nepal Press

३ वर्षमा सबै सार्वजनिक विद्यालयमा भौतिक पूर्वाधारको काम सकिन्छ : मन्त्री पौडेल

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन् ।

आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले भने, ‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौं । १२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौं ।’

विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुधार र शिक्षण सिकाई प्रक्रियाको सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै उनले विद्यालय सुधार गर्न साझा संकल्प गर्नुपर्नेमा जोड दिए ।

शिक्षकहरूका सेवा सुविधामा कर्मचारी सरह गर्ने गरी मन्त्रालय अघि बढेको भन्दै मन्त्री पौडेलले दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयमा बसको व्यवस्था, दरबन्दी मिलानलगायतका समस्यामा मन्त्रालयले विशेष ध्यान दिने आश्वासन दिए ।

विद्यालय शिक्षासँग प्राविधिक शिक्षा जोड्ने प्रक्रिया गत वर्षदेखि सुरूवात भइसकेको पनि उनले बताए । ‘सोही अनुरूप १४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेका छ,’ पौडेलले भने, ‘यस वर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोड्छौं ।’

मन्त्री पौडेलले शिक्षा सुधार गर्ने जिम्मेवारी शिक्षकहरूको भएको बताउँदै शिक्षकले ‘होम टु, भिजिट’ को काम थाल्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *