पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान गर्दै प्रहरी
काठमाडौं । पाकिस्तान प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरू गरेको छ ।
प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोपमा उनीमाथि अनुसन्धान थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । शनिबार एक कार्यक्रममा खानले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।
खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् । अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन् ।
पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । उनका सहयोगी देशद्रोहको आरोपमा हिरासतमा छन् ।
खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राखेको र आफ्नो पार्टी सहकर्मीलाई दुर्व्यवहार गरेको आरोपको निन्दा गरेका थिए ।