समलैङ्गिक सहवासमाथि प्रतिबन्ध हटाउँदै सिंगापुर
काठमाडौं । सिंगापुरले समलैङ्गिक सहवासमाथिको प्रतिबन्ध हटाउँदै समलैङ्गिकतालाई पूर्ण वैधानिकता प्रदान गर्ने भएको छ । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले राष्टि«य टेलिभिजनमार्फत सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘हामीले सही निर्णय गरेका छौं । यसलाई सिंगांपुरका नागरिकहरुले सहर्ष स्वीकार गर्छन् भन्नेमा हामी विश्वस्त छौं । समलिंगी व्यक्तिहरूलाई अब राम्रोसँग स्वीकार गरिनेछ र ३७७ ए को खारेजीले समलिङ्गी सिंगापुरवासीहरूलाई केही राहत प्रदान गर्नेछ भन्ने हामीलाई लागेको छ’, उनले भनेका छन् ।
यसअघि सिगांपुरले समलैङ्गिक सहवासलाई अवैधानिक मान्दै आएको थियो । लैङ्गिक अल्पसंख्यकको अधिकारको विषयमा सिंगापुरलाई कठोर मानिँदै आएको थियो । यसैकारण विगत लामो समयदेखि लैङ्गिक अल्पसंख्यक समूहले सिंगापुरमा संघर्ष गर्दै आएको थियो ।
लैङ्गिक अल्पसंख्यक समूहका अभियन्ताहरुले सिंगापुरको उक्त घोषणालाई मानवताको जीतको संज्ञा दिएका छन् ।