बहुविवाहमा जेल सजाय सुनाइएका व्यक्ति २० वर्षपछि पक्राउ – Nepal Press

बहुविवाहमा जेल सजाय सुनाइएका व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहरिएका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।

२० वर्षदेखि फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का ४३ वर्षीय टीकादत्त दुलाललाई सिन्धु प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालतले दुलाललाई बहुविवाह अभियोगमा एक महिना कैद र एक हजार रूपैयाँ जरिबाना गरेको थियो ।

शुक्रबार पक्राउ गरिएका दुलाललाई सजाय भुक्तानका लागि कारागारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *