सरकारले भन्यो- वचत गर्दा ध्यान दिऔं, ब्याजको लोभमा साँवासमेत नगुमाऔं


काठमाडौं । सहकारीबाट ठगिने क्रम बढेका एकपछि अर्को घटना सार्वजनिक हुन थालेपछि सरकारले सार्वजनिक अपिल गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले बैंक, वित्तीय संस्था तथा सहकारीहरूमा रकम जम्मा गर्दा विशेष ध्यान दिन आग्रह गरेको हो ।
बोर्डले वर्गीकरणमा परेका पत्रिकाहरूमा पत्राचार गर्दै भदौको लोक कल्याणकारी विज्ञापनमा ‘वचत गर्दा ध्यान दिऔं’ शीर्षकमा सन्देशमूलक सूचना प्रकाशन गर्न आग्रह गरेको छ ।
‘बैंक, वित्तीय संस्था तथा सहकारीहरूमा रकम जम्मा गर्दै हुनुहुन्छ ? त्यसो हो भने, त्यस्ता संस्थाको वित्तीय विश्वसनीयताको परीक्षण गर्न नबिर्सौं । बढी व्याजको लोभमा नफसौं । ब्याजको लोभमा साँवासमेत नगुमाऔं,’ सूचनामा उल्लेख छ ।